२६ बैशाख २०८१, बुधबार

कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा आङदेम्बे विजयी


भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलका भीष्मराज आङदेम्बे विजयी भएका छन् । कांग्रेस आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा देउवा प्यानलका आङदेम्बेले २७११ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी डा. शेखर कोइराला प्यानलका विकाश लामाले १९१३ मत ल्याएका छन् । लामालाई ७९८ मतले पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । कांग्रेसको आदिवासी जनजातितर्फ सहमहामन्त्रीमा जम्मा ४६८१ मत खसेको काँग्रेस निर्वाचन समितिले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !