१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस महाधिवेशनमा पत्रकारले किन एक्कासी क्यामरा डाउन गरेर विरोध गरे ?


क्यामरा डाउन तस्वीर सौजन्य : रामकृष्ण अधिकारी

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा फोटो खिच्न रोक लगाएपछि पत्रकारहरुले क्यामरा डाउन गरेर विरोध प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल भृकुटीमण्डप आउँदा पत्रकारले फोटो खिच्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि सोको बिरोधस्वरूप पत्रकारहरुले क्यामरा डाउन गरेर विरोध प्रदर्शन गरेका हुन् ।

फोटो र भिडियो खिच्ने क्रममा फोटो र भिडियो पत्रकारलाई दमन गरेको पत्रकारले बताएका छन् । सञ्चारकर्मीहरुलाई निर्वाध समाचार संकलन गर्ने र तस्वीर लिने वातावरण बनाउन माग गर्दै पत्रकारले यस्तो बिरोध गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !