१९ बैशाख २०८१, बुधबार

प्रतिनिधिहरुलाई देउवाले भने- चुनाव हारे प्रधानमन्त्रीबाट हटाउँछन्, मलाई जिताउनुस्


शेरबहादुर देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न उठ्ने भन्दै आफूलाई जिताउन आग्रह गरेका हुन् ।

उनले आफू सभापतिमा निर्वाचित नभए प्रधानमन्त्रीबाट हटाउने पनि बताए । “मैले पार्टी सभापति जित्नु आवश्यक छ । नत्र भोलिपल्टै शेरबहादुर त हार्‍यो, हार्नेलाई के बनाउने भनेर प्रधानमन्त्रीबाट हटाउनेछन् ।”, उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !