१४ बैशाख २०८१, शुक्रबार

निधिले भने- शेरबहादुरले रामचन्द्रलाई सर्वसम्मत सभापति प्रस्ताव गरे मान्छु


विमलेन्द्र निधि

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई पनि स्वीकार्य हुने बताएका छन् ।

१४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार निधिले अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने बताएका छन् । उनले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए ।

“होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।”, उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !