२१ बैशाख २०८१, शुक्रबार

सीतादेवी यादवले कुनै पदमा उम्मेदवारी नदिने घोषणा


सीतादेवी यादव

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छिन् ।

यादवले पार्टीमा आकांक्षी धेरै भएको र नेताहरुको व्यवस्थापनमा समस्या देखिएको भन्दै कुनै पदमा उम्मेदवार नबन्ने निर्णय लिएको बताइन् ।

उनले सहमतिमार्फत नेतृत्व चयन हुनुपर्ने पक्षमा आफू रहेको पनि बताइन् । पदाधिकारीमा उम्मेदवारी दिने इच्छा रहेपनि नेताहरुबीच हानथाप देखिएकाले आफू पछाडि हटेको उनको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !