१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशलाई महाभियोग लगाउन सहयोग गर्न ओलीलाई कानून व्यवसायीको आग्रह


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कानून व्यवसायीहरुले ज्ञापनपत्र बुझाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोगबाट हटाउन कानून व्यवसायीहरुले ओलीको सहयोग मागेका हुन् ।

कानून व्यवसायीले ओलीलाई भेटेर न्यायालयमा देखिएको समस्या न्यायालयबाटै समाधान नहुने भन्दै दलहरुको सहयोग आवश्यक परेको बताएका हुन् ।

कानून व्यवसायीले दलहरुमा समस्या देखिएमा निर्वाचनबाट नयाँ नेतृत्व आउन सक्ने तर न्यायालय बर्बाद भयो भने सुधार्ने अर्को कुनै बाटो नभएको भन्दै जबरालाई महाभियोग लगाउन सहयोग गर्न आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !