२१ बैशाख २०८१, शुक्रबार

राप्रपाको अध्यक्ष बन्न लाग्नु भएको हो भने सीपीजीलाई बधाई : प्रचण्ड


प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् ।

प्रचण्डले आफू अघि बोल्ने मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्न पनि भ्याए । सीपी मैनालीले सम्बोधनका क्रममा राजा महेन्द्र राष्ट्रवादी भएको भन्दै प्रशंशा गरेका थिए।

राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै उनले भने, “म अर्को भाषा बोल्न सक्दिन । हुन त सीपीजीले सजिलै बोलिदिनुभयो । पहिला राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले नै गर्नुभयो ।”

“अहिले तपाईँहरुको अगाडि महान राजा पनि भन्नुभयो । मलाई त लाग्यो उहाँ राप्रपाको अध्यक्ष हुने तयारी गर्दै हुनुहुँदो रहेछ । साँचै त्यसै हो भने सीपीजीलाई बधाई छ ।”, उनले भने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !