२६ बैशाख २०८१, बुधबार

कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा पुनः निर्वाचित


दुर्लभ थापा

भादगाउँ । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन् । थापा वर्तमान सभापतिसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न निर्वाचनमा थापा ५५५ मतका साथ निर्वाचित हुनुभएको हो । थापाका निकटतम् प्रतिद्वन्द्वी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे ।

उपसभापतिमा थापा समूहकै विजेश अवाल (५५९) र उर्मिला वन (५१४) निर्वाचित भए । सचिवमा सुशील बस्नेत (५५२) र राजेश खड्का (४८५) निर्वाचित भए । सहसचिवमा यादवप्रसाद अधिकारी (५७४) र कृष्णमुरारी न्यौपाने (५१४) विजयी भए ।

जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुरथिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जीवन श्रेष्ठ, दीपेन्द्रकुमार थापामगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाइतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदिवासी जनजातिबाट रोशनी तामाङ, दिललक्ष्मी कायस्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुलाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए ।

जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का विजयी भए । त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को कार्यसमिति सदस्यमा वीरबहादुर विश्वकर्मा निर्वाचित भए । भक्तपुर क्षेत्र नं २ को आदिवासी जनजाति महिलातर्फको महाधिवेशन प्रतिनिधिमा निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए । गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटि भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगन गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो ।

भक्तपुर क्षेत्र नं २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ । महासमिति सदस्य खुलामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए । त्यसैगरी महिला खुलामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदिवासी जनजाति खुलामा ज्ञानदास प्रजापति, खसआर्य खुलामा लछुराम न्यौपाने विजयी भए । उनीहरु सबै कवे समूहका हुन् ।

भक्तपुर क्षेत्र नं १ को महासमिति सदस्य भने निर्विरोध निर्वाचित भएका थिए । महासमिति सदस्यमा प्रत्यक्ष खुलामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदिवासी जनजाति खुलामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदिवासी जनजाति महिलामा गङ्गालक्ष्मी अवाल, खसआर्य खुलामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !