२६ बैशाख २०८१, बुधबार

काँग्रेसको वडा अधिवेशन क्रममा झडप हुँदा निर्वाचन अधिकृत झासहित ५ घाइते


नेपाली कांग्रेस

सर्लाही । सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको छ ।

स्रोतका अनुसार झडपमा परी मतदान अधिकृत उमेशचन्द्र झासहित ५ जना घाइते भएका छन् ।

स्रोतका अनुसार मतदान अधिकृत झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो ।

वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको एक प्रहरीले जानकारी दिए ।

उक्त झडपमा परेर झा सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए ।

निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको एक प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !