२५ बैशाख २०८१, मंगलबार

लालबाबु पण्डितद्वारा केन्द्रीय सदस्य पद अस्वीकार


लालबाबु पण्डित

चितवन । लालबाबु पण्डितले नेकपा एमालेको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखेपछि असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्य पद अस्वीकार हुन्।

उनले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गरेका छन् । सामाजिक सन्जालमा पण्डितले लेखेका छन्, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !