१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्षका लागि ओलीबिरुद्ध उम्मेदवारी दिन रावलले भरे फारम


केपी शर्मा ओली र भीम रावल

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्ष पदमा केपी शर्मा ओलीबिरुद्ध उम्मेदवारी दिने भएका छन् । केन्द्रीय निर्वाचन आयोगले निर्वाचनको कार्यसूची प्रकाशित गरेसँगै रावलले अध्यक्ष पदका लागि फारम भरेका हुन् ।

मनोनयनको फारम भरेपछि रावलले आयोगले दर्ता गर्ने समय दिएसँगै त्यसलाई बुझाउने बताए । अध्यक्ष मण्डलको बैठकमा रावलले यसअघि नै अध्यक्ष पदमा उठ्ने घोषणा गरेकोले आफू पछि नहट्ने बताएका थिए ।

रावलले एमालेको अध्यक्षमा जसरी भएपनि उम्मेदवारी दिएरै छाड्ने अडान लिएर फारम भरेका हुन् । अध्यक्षमण्डलको बैठकमा रावलले निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत गराउने प्रस्ताव अस्वीकार गरेका हुन् ।

ओलीले सर्वसहमतिका आधारमा आफू नै अध्यक्ष हुने चाहना राखेपनि निवर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दर्ता फारम भरेसंगै ओलीको उक्त चाहना तुहिएको छ । बैठकपछि रावलले दिनभर समय खेर गएको भन्दै अलोकतान्त्रिक विधिबाट हुने गतिविधिमा आफ्नो समर्थन नरहने बताए ।

यो पनि पढ्नुहोस्

एमालेको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमति नभएका पदमा भोलि मतदान

एमाले अध्यक्ष मण्डलको बैठक जारी

ओलीका समर्थकले नाराबाजी गरेर रावलको यत्तिसम्म गरे अपमान

ओलीको इन्ट्रीपछि समर्थकद्वारा चर्को नाराबाजीपछि रावल बाहिरिए

ओली बन्दसत्र हलमा प्रवेश, समर्थकद्वारा रावलविरुद्ध नाराबाजी

एमालेमा दुई पोखरेलले वरिष्ठ उपाध्यक्ष र महासचिवमा बाजी मार्ने संकेत


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !