१४ बैशाख २०८१, शुक्रबार

ओलीको टिप्पणी : हिजो मेरा खुट्टा तान्नेहरु आज प्रधानमन्त्रीको खुट्टा तान्दैछन्


केपी शर्मा ओली

चितवन । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिगतमा आफ्नो खुट्टा तान्नेहरु आज प्रधानमन्त्री शेरबहादुर देउवाको खुट्टा तान्दै गरेको टिप्पणी गरेका छन् ।

चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन दिँदै अध्यक्ष ओलीले आफ्नो खुट्टा तान्नेहरुले प्रधानमन्त्री देउवाको देउवाको खुट्टा तान्दै गरेको बताएका हुन् ।

ओलीले खुट्टा तान्नेहरु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालप्रति व्यंग गरेका हुन् ।

अध्यक्ष ओलीले कम्युनिष्ट सरकार ढलेर दक्षिणपन्थी सरकार बनाउन भूमिका खेलेको भन्दै प्रचण्ड र नेपालप्रति आक्रोश पोखेका छन् । बिगतमा आफू प्रधानमन्त्री हुँदा आफूलाई काम गर्न नदिनेलाई अहिले प्रधानमन्त्री देउवालाई पनि काम गर्न नदिएको आरोप लगाए ।

उनले अहिले पार्टीको राष्ट्रिय महाधिवेशन भएको पार्टी प्रवेशको कार्यक्रम गर्न नभ्याइने भएकोले आगामी फागुनदेखि एमालेले देशभर पार्टी प्रवेशको व्यापक कार्यक्रम शुरु गरिने बताए । उनले जनआन्दोलनका घाइतेहरु ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने संकेत समेत गरे ।

यो पनि पढ्नुहोस्

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- ओली र म त जेलमेट हौँ

मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारियो : अध्यक्ष यादव

प्रधानमन्त्री देउवाले माग पूरा नगरे २० लाख मानिस उतार्छो : महन्थ ठाकुर

नेपाल बाह्य शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा रहेको छ : कमल थापा

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी

१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने गर्छ : प्रदीप ज्ञवाली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !