४ बैशाख २०८१, मंगलबार

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने- ओली र म त जेलमेट हौँ


शेरबहादुर देउवा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू ‘जेलमेट’ भएको बताएका छन् ।

चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले राजनीतिक परिवर्तनको आन्दोलनको क्रममा आफूहरुले जेल जीवनमा भोगेको जस्तो दुख कसैले पनि भोग्न नपरोस् भन्ने कामना गरेका छन् ।

लोकतन्त्रका लागि ओलीसँगै जेल जीवन बिताएको बताउँदै उनले आफूहरू ‘जेलमेट’ भएको बताएका हुन् । उनले भने, ‘ओलीजी र हामी अरू साथीहरूसँगै जेल बसेका थियौँ, हामी जेलमेट पनि हौँ ।’

देउवाले नेपालको संविधान बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा रहेको बताए । देउवाले भने, ‘हामीबीच मतभिन्नताहरू छन् यसैले हामी अलग-अलग दलमा आवद्ध छौँ तर नेपालको संविधान संस्थागत गरी बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा छ ।’

उनले देश र जनतासँग जोडिएका मुद्दाहरुमा समान धारण बनाउन संवाद र सहकार्य आवश्यक रहेको बताएका छन् । देशमा थिति बसाल्ने काममा राजनीतिक दल लाग्नु पर्ने उनको भनाइ छ ।

देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न चरण पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याउन हामी सफल भएको बताउदै जारी गरेको संविधानलाई संस्थागन गर्ने जिम्मा पनि हाम्रै काँधमा रहेको स्पष्ट पारे । उनले हामीहरु विभिन्न दलमा आवद्ध भएतापनि राष्ट्रिय स्वाधीनता र सुदृढीकरण गर्न हामी एकजुट भएको बताए ।

यो पनि पढ्नुहोस्

नेपाल बाह्य शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा रहेको छ : कमल थापा

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी

१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने गर्छ : प्रदीप ज्ञवाली


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !