१४ बैशाख २०८१, शुक्रबार

नेपाल बाह्य शक्ति राष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा रहेको छ : कमल थापा


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्क्ष कमल थापाले धर्म परिवर्तनले नेपाली पहिचानलाई समाप्त गर्दै गरेको दावी गरेका छन् । चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना दिँदै थापाले देशी विदेशी शक्तिहरुको षडयन्त्र गरेर नेपालीको धार्मिक र सांस्कृति पहिचान मेटाउन खोजेको बताएका छन् ।

अध्यक्ष थापाले एमालेसँग देशले धेरै आशा गरेको बताएका हुन् । उनले नेपाली कम्युनिष्ट पार्टीको महाकुम्भमा सहभागी हुन पाउँदा हर्षित भएको समेत बताए । देश भूमरीमा जड्किएकोले लोकतन्त्रको आवरणमा देश सर्वसत्तातर्फ उन्मुख भएको बताउदै धर्म परिवर्तनले हामी नेपालीहरुले सनातन धार्मिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको उनले बताए ।

थापाले ओलीले देशलाई लगाएको गुण बिर्सन नसकिने बताएका छन् । उनले केपी ओलीजस्तो दृढ अडान र राष्ट्रवादी सोच भएका नेताले नेतृत्व गरेको पार्टीले देशलाई सङ्कटबाट पार लगाउन सक्ने दाबी गरे ।

उनले ओलीकै नेतृत्वमा लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्स निकालेर सीमा रक्षाको पहल गर्ने कामलाई जनताले बिर्सन नसक्ने बताए । चीनसँग व्यापार पारवहन लगायत रेल तेल र बिजुलीको नयाँ खाका कोरेका ओलीको गुण अवस्मरणीय रहेको उनको भनाइ छ ।

अहिले नेपालको इतिहासमा अहिले सबैभन्दा बढी भ्रष्टाचार भइरहेको छ । सामान्य जागिर पाउन नसकेकाले ४० लाखभन्दा बढी युवा विदेशका जङ्गल र मरुभूमिमा जीवन बिताउन बाध्य छन् ।

नेपालमा बाह्य शक्तिको प्रभाव तीव्र रुपमा बढेकोले देशले एमालेबाट साहसिक निर्णयको अपेक्षागर्दै राष्ट्रवादी सोँच भएको व्यक्तिले नेतृत्व गरेको पार्टीले देशको लागि ऐतिहासिक काम गर्न सक्ने बताए । नेपालमा बाह्य शक्तिराष्ट्रहरूको क्रीडास्थल बन्ने खतरा रहेको समेत बताए ।

उनले एमालेको महाधिवेशनलाई देशी विदेशी शक्तिले उत्सुकताका साथ हेरेको पनि बताए । उनले नेकपा एमाले कम्युनिष्ट आन्दोलनको एक प्रमुख शक्तिको साथै अहिले देशको सबैभन्दा ठूलो दल भएको बताए ।

यो पनि पढ्नुहोस्

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !