देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी Nepalpatra देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी
११ मंसिर २०७८, शनिबार

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी


चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले नेपालका कम्युनिष्टहरुलाई देशी विदेशी शक्तिहरुले तीन टुक्रा पारेको आरोप लगाएका छन् ।

चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै बादलले प्रतिगामीको गुरुयोजनाअनुरूप नेकपा तीन टुक्रामा विभाजन भएको बताएका हुन् ।

बादलले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताए । उनले जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए ।

मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको उनले बताए । उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए ।

नेता बादलले अहिलेको राष्ट्रिय राजनीति सहज र सामान्य नभएको बताएका हुन् । उनले मुलुकको व्यवस्था संसदबाट होइन ठाडो अध्यादेशबाट भइरहेको बताउदै नीति निर्माण गर्ने संसद् पनि अस्तव्यस्त रहेकोले देशलाई पुनः अस्थिरता र अशान्तितर्फ धकेलिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !