सुरक्षाको कारण देखाउँदै अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित Nepalpatra सुरक्षाको कारण देखाउँदै अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित
११ मंसिर २०७८, शनिबार

सुरक्षाको कारण देखाउँदै अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित


केपी ओली चितवनमा

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ ।

१० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएका ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरेपनि सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको एक नेताले जानकारी दिए ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !