१५ बैशाख २०८१, शनिबार

सर्वोच्चदेखि बालुवाटारसम्म प्रधानन्यायाधीश जबराविरूद्ध मार्चपास हुँदै


सर्वोच्च परिसरमा नाराबाजी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बिरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । नेपाल बार एशोसिएशन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा सर्वोच्चबाट दिउँसो २ बजे सुरू हुने गरी मार्चपास गर्न लागेका हुन् ।

नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै मार्चपास गर्ने भएका हुन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र उनको सम्पत्ति छानविन गर्न माग गर्दै सर्वोच्चवाट शुरु मार्चपास भई वालुवाटार पुगेर सकिने जनाइएको छ । देशमा न्याय शून्यताको अवस्था सिर्जना भएको भन्दै विज्ञप्तिमा प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउन र सम्पत्ति छानविन गर्न माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !