२५ बैशाख २०८१, मंगलबार

देउवाले सूचना विभागमा दर्ता नगरिएका दुई टेलिभिजन च्यानलको उद्घाटन गर्नु आश्चर्यजनक : थापा


कमल थापा फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक भएको बताएका छन्।

अध्यक्ष थापाले सामाजिक संजालमा एक स्टाटस लेख्दै दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रधानमन्त्रीबाट उल्लंघन भएको आरोप लगाएका छन् । उनले यसबारे सरकारले तत्काल सत्य, तथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन् “सूचना तथा प्रसारण विभागमा दर्ता नगरिएका बिदेशी लगानीका दुई टेलिभिजन च्यानलको प्रम शेरबहादुर देउवाद्वारा उद्घाटन हुनु आश्चर्यजनक छ। दर्ताबिना सञ्चारमाध्यम प्रकाशन प्रसारणमा ल्याउन नपाइने कानुनी व्यवस्थाको प्रमबाट उल्लंघन भएको छ।यसबारे सरकारले तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्छ।”

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !