कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसीर १४ गते विश्वासको मत लिने Nepalpatra कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसीर १४ गते विश्वासको मत लिने
१४ मंसिर २०७८, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले मंसीर १४ गते विश्वासको मत लिने


जीवनबहादुर शाही

वीरेन्द्रनगर । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसीर १४ गते दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका हुन् ।

“नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मङ्सिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ”, प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गत १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !