८ बैशाख २०८१, शनिबार

सर्वोच्चको फुलकोर्टद्वारा गोलाप्रथाबाट इजलास तोक्ने कार्यविधि पारित


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतको ‘फुल कोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू समेत सम्मिलित सर्वोच्चको फुलकोर्टले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने निर्णय गरेको हो ।

सर्वोच्चका १८ जना न्यायाधीशहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीशलाई निर्णय पठाएका छन् । सर्वोच्चको फुलकोर्टले औपचारिक निर्णय गरी मुख्य रजिष्ट्रारमार्फत कानुन मन्त्रालयमा पठाएर राजपत्रमा प्रकाशित भएपछि यो कार्यविधि लागू हुनेछ ।

नियमावली संशोधन गरेर गोला प्रणालीबाट पेसी तोक्ने व्यवस्था बनाए पनि गोला कसरी तान्ने र इजलास कसरी गठन हुन्छ भन्नेबारे विस्तृत व्यवस्थाका लागि ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ बनाइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट बैठकमा उनी स्वयं भने सहभागी नभएपनि सर्वोच्चका बाँकी न्यायाधीशको बैठकले गरेको निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका छन् ।

सर्वोच्च स्रोतका अनुसार नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब राजपत्रमा प्रकाशित पछि लागू हुनेछ भने त्यो लागू भएपछि सर्वोच्चका अदालतले गोलाप्रथाबाट आफ्नो पेशी रोज्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारले दियो भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’

‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !