७ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशलाई राजीनामा दिन बारले दियो भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’


नेपाल बार एशोसिएसन आकस्मिक पत्रकार सम्मेलन

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन भोलि ३ बजेसम्मको ‘अल्टिमेटम’ दिएको छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले अर्को चरणका थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिएका छन् ।

बार एशोसिएसनले आज बिहीबार आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा उनले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा अनियमितता र भ्रष्टाचारको नेतृत्व गरेको आरोपसमेत लगाएका छन् ।

उनले हतियारधारी र दंगा प्रहरी परिचालन गरी आफूहरूको आन्दोलन दबाउने प्रयास भएको जिकिर गरे । प्रधानन्यायाधीशमा नियुक्त भएदेखि नै जबराले न्यायालयमा भ्रष्टाचार र अनियमितताको अध्याय सुरु गरेको उनको भनाइ थियो ।

प्रहरी दमनका कारण आफूलाई बोल्न असहज भएको पनि उनले बताए । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म न्यायालयमा सुधार नहुने उनको भनाइ छ ।

उनले बार एशोसिएशनबाट इतिहासमा कयौं पटक न्यायालयमा सुधारका लागि आन्दोलन गरिएको भन्दै त्यो इतिहासलाई साक्षी राखेर अहिले पनि आफूहरु आन्दोलनमा होमिनु परेको बताए ।

अब उनको राजीनामा एक मात्र सर्त भएको श्रेष्ठले बताए । न्याय माग्न आएकाहरू पैसाको लेनदेनमा अन्यायमा परेको उनको भनाइ छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बारको तेस्रो चरणका विरोधका कार्यक्रम शुक्रबार सकिँदै छन् ।

यो पनि पढ्नुहोस्

‘अमेरिकन इगल’ भन्दै वकिल कुट्ने र कालो कोट च्यातिदिनेसम्मको धम्की !

प्रधानन्यायाधीशले बोलाएको सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु

आन्दोलन बिथोल्न पुगेकाहरुलाई बारवाट वकिलहरुले लखटे !

प्रधानन्‍याधीश डुब्दै गएको घाम भएकोले उनलाई साथ दिने पनि डुब्छन् : अध्यक्ष शाक्य


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !