२४ बैशाख २०८१, सोमबार

देउवा निवास बुढानिलकण्ठमा लञ्चसहितको कांग्रेस पदाधिकारी बैठक बस्दै


नेपाली कांग्रेस फाइल फोटो

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुलाई लञ्चसहितको बैठकमा बोलाइएको हो ।

आज बिहान ९ बजेपछि शुरु हुने बैठकमा आइतबार बस्ने केन्द्रीय समितिको एजेण्डा तय गर्ने विषयमा छलफल हुने बताइएको छ । साथै महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्ने लगायतका विषयमा छलफल बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !