१८ असार २०८१, मंगलबार

प्रधानमन्त्री ओलीले भने, ‘कृषिका साथै जलमार्ग र रेलमार्गबारे कुराकानी गर्छु’


kp-oli

२० चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकहरुसँग भरपर्दो मित्रता विकास गर्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले विदेश नीतिको प्रस्थान विन्दु मित्रता भएको बताए । उनले अघि भने, “मितत्रा कसरी हुन्छ भने सम्वन्ध समानता र हअस्तक्षेपका आधारमा हुन्छ ।”

आफ्नो भारत भ्रमणलाई राष्ट्रहितमा केन्दि्रत गर्न प्रयास गर्ने उनले बताएका छन् । ओलीले आफ्नो प्राथमिकता सम्झौताको चाङ लगाउने नभई भएका सम्झौताहरु कार्यान्वयन र आपसी सम्वन्धलाई फलदायी बनाउने हुने बताए । उनले भने,”कृषिका साथै जलमार्ग र रेलमार्गबारे पनि कुराकानी गर्छु ।”

प्रधामन्त्री ओलीले नेपाल र भारतको सम्बन्ध कसैले बिगारेर नबिग्रने बताएका छन् । प्रधानमन्त्री ओलीले भने,‘नेपाल र भारतका वीचमा सदियौँदेखि बहुआयामीक सम्बन्ध छ । त्यो सम्बन्ध मैत्रीपूर्ण छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !