१४ बैशाख २०८१, शुक्रबार

शहरी विकासमन्त्री झाँक्री अस्पताल भर्ना : आखिर के भयो उनलाई ?


रामकुमारी झाक्री File Photo

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्पताल भर्ना भएकी छन् । ज्वरो र रुघाको समस्या देखिएपछि हिजो बुधबार अस्पताल भर्ना भएकी हुन् ।

मन्त्री झाँक्रीको वीर अस्पतालमा उपचार भई रहेको छ । मन्त्री झाँक्रीको सचिवालय स्रोतका अनुसार उनमा निमोनिया समेत देखिएको छ । कोभिड युनिफाइड अस्पताल वीर स्रोतका अनुसार उनमा सामान्य प्रकृतिको निमोनिया देखिएको बुझिएको छ ।

वीर अस्पतालको भीआईपी उपचार कक्षमा उपचाररत मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको वीर अस्पताल स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !