२६ बैशाख २०८१, बुधबार

मन्त्रालय कम दिएको भन्दै नेकपा एकीकृत समाजवादीभित्र तीब्र असन्तुष्टि


माधव नेपाल

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) लाई कम मन्त्रालय दिएको भन्दै पार्टीभित्र चरम असन्तुष्टि चुलिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा तातेर मन्त्रिपरिषद विस्तारको तयारी गरिरहँदा देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको वर्तमान सत्ता गठबन्धनकै दल एकीकृत समाजवादी पार्टीभित्र आफ्ना भागमा कम मन्त्रालय परेपछि असन्तुष्टि चुलिएको हो ।

आज बसेको स्थायी कमिटीको बैठकमा मन्त्रालय कम पाएको भन्दै नेताहरुले असन्तुष्टि पोखेका थिए । स्थायी कमिटी सदस्य विरोध खतिवडाले बढी मन्त्रालय पाए आफ्नो दललाई सहज हुने बताएका छन् ।

बैठकले पार्टीमा असन्तुष्टि बढेपछि मन्त्रीहरुको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । अहिले नेता नेपाल गठबन्धनको शीर्ष नेताहरुको बैठकमा सिंहदरवारमा जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !