२० बैशाख २०८१, बिहिबार

परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किए


डा. नारायण खड्का फाइल फोटो

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा सहभागी भएर उनी आज बिहान स्वदेश फर्किएका हुन् । राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन मन्त्री डा. खड्का यही असोज ६ गते न्युयोर्क गएका थिए ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले नेपालले महामारी, आतङ्वाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायत विविध समस्याले समकालीन विश्वमा सिर्जना गरेको तनाव एवं र विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेका थिए।

परराष्ट्रमन्त्री खड्काले अमेरिका पुगेर एमसिसी नेपालको आवश्यकता भएको भन्दै संशोधन हुन नसक्ने बताएका थिए । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर भ्रमणबारे जानकारी गराउँदै छन् ।

यता परराष्ट्रमन्त्री खड्काको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिना खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका थिए ।

शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री डा. खड्कालाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । अमेरिकावाट स्वदेश फर्किएसंगै मन्त्री खड्कालाई तनाव सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस्

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

राष्ट्रसङ्घको महासभामा परराष्ट्रमन्त्रीले भने- लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन

एमसिसी संशोधन हुन सक्दैन : परराष्ट्रमन्त्री खड्का


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !