२५ बैशाख २०८१, मंगलबार

भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना, यहि हो अग्रगमन र संविधानको रक्षा ? : अध्यक्ष थापा


कमल थापा फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि कडा आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले देउवा सरकारले अध्यादेशको दुरुपयोग गरेर भ्रष्ट र निर्लज्ज राजनीतिको नमुना पेश गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई यहि हो अग्रगमन,संविधानको रक्षा ? भनेर प्रतिप्रश्न समेत गरेका छन् ।

थापाले परमादेशबाट प्रधानमन्त्री देउवा नियुक्ति भएको, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश ल्याई दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता फिर्ता गर्नु निर्लज्ज भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘भ्रष्ट/निर्लज्ज राजनीतिको नमुना । परमादेशबाट प्रम नियुक्ति,त्यस्तो प्रमलाई विश्वासको मतदिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुई दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यहि हो अग्रगमन, संविधानको रक्षा @brb1954 ?’

कमल थापा ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !