१४ बैशाख २०८१, शुक्रबार

ओलीको टिप्पणी : सत्ता गठबन्धन बरफकाे डल्ला जस्तो भएकोले चुनावपछि पग्लिहाल्छ


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन फ्रिजबाट निकालिएका बरफकाे डल्ला जस्तै भएको टिप्पणी गरेका छन् । ओलीले आगामी १४ महिनामा निर्वाचन हुने र त्यसपछि अहिले सरकारमा रहेका दलहरू बिलाएर जाने बताएका हुन् ।

आज शनिबार नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मुलुकमा निर्वाचन हुन नदिन केही दलहरूले अलोकतान्त्रिक तवरले अनेक प्रपञ्च रहेको आरोप पनि उनले लगाए ।

उनले चुनावमा जाँदा प्रतिगमन भनेर वर्तमान गठबन्धन पन्छिएको भन्दै उहाँले १४ महिनापछि बाध्यकारी रूपमा चुनाव गर्नुपर्ने र चुनावपछि यो गठबन्धन फ्रिजबाट निकालिएको बरफका डल्ला जस्तै पग्लिने बताए ।

ओलीले गठबन्धनमा रहेका दलहरूले असंवैधानिक र अनैतिक काम गरेको भन्दै निर्वाचन आयोग र सभामुखले पनि तमासा देखाएको टिप्पणी गरे । उनले अदालतको आदेशबाट अस्वाभाविक ढंगले अस्वाभाविक उद्देश्यका लागि वर्तमान सरकार बनेको उल्लेख गरे ।

उनले आफूले भ्रष्टाचार अन्त्य गर्न प्रण गरे पनि वर्तमान सरकारले खरबाैँ रुपैयाँ तल-माथि पर्ने गरी सेटिङमा करका दरहरू हेरफेर गरेको बताए । सरकारले सेटिङमा खरबौँ रुपैयाँ रुपैयाँ तल-माथि पर्ने गरी करको दर हेरफेर गरेको उनले बताए । आम मानिस र सञ्चार माध्यमले समेत सरकारको सेटिङको बारेमा कुरा उठाइरहेको भन्दै उनले सरकारले सेटिङ गरेको छैन भन्ने ठाउँ नरहेको पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले आफ्नो पार्टी निकट नेपाल निजामती कर्मचारी सङ्गठनमा आबद्ध कर्मचारीहरूलाई जुनसुकै पार्टीको भए पनि वर्तमान सरकारलाई सहयोग गर्न निर्देशन दिए । उनले जुन पार्टीको सरकार भए पनि कर्मचारीहरूले आफ्नो कर्तव्य, नियम, कानुनको परिधिभित्र रहेर सक्रियताका साथ भूमिका निर्वाह गर्नुपर्ने बताए ।

ओलीले निजामती कर्मचारीले निष्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । उनले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निष्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताएका हुन् ।

उनले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताए । उनले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राखे ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताए । उनले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !