२ जेष्ठ २०८१, बुधबार

एमालेले लगातार संसद अवरुद्ध गरेपछि बैठक २५ गतेसम्मका लागि स्थगित


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक २५ गते शुक्रबार दिउँसो १ बजेसम्म स्थगित गरेका छन् । संसद शुरुभएर सभामुख सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएलगत्तै एमाले सांसदहरु उठेर बिरोध प्रदर्शन गरेपछि सभामुख सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाकोबिरुद्ध नाराबाजी नरोकेपछि अन्तत: सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका थिए ।

एमाले प्रमुख सचेतक भट्टराईले उठाएको प्रश्नको उत्तर दिँदै सभामुख सापकोटाले आफूले नियम अनुसारै काम गरेको र यो विषय अदालतमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताएका थिए । एमालेले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

एमालेका सांसदले सभामुख मुर्दावाद भनेपछि सभामुख अग्नि प्रसाद सापकोटा एमालेका सांसदसँग जंगिएका थिए । एमालेका सांसदहरुले संसदीय मर्यादा नाघेर नाराबाजीमा गरेपछि सभामुख सापकोटाले संसदको नियम २१ को खण्ड ख र ग अध्ययन गर्न ध्यानाकर्षण गराएका थिए । सोही क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरेका थिए ।

एमालेका सांसदहरुले प्रतिनिधिसभा नियमावली २०७५ विपरित प्रतिनिधि सभाका सभामुखविरुद्ध संसदमै नाराबाजी गरेका हुन् । एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, सभामुख अग्नि सापकोटा मुर्दावाद, संसदको सर्वोच्चता कायम गर’ जस्ता अमर्यादित नारा लगाएका थिए ।

सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतक लगायतबीच छलफल भएको थियो । संसदको गतिरोध हटाउने विषयमा सभामुखले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल गरेपनि कुनै सहमति जुट्न सकेन् ।

तर संसदको दोस्रो बैठक शुरु भएपनि एमाले सांसदले फेरि नाराबाजी गरेपछि सभामुख सापकोटाले आज दोस्रो पटक पुन: बैठक १५ मिनेटको लागि स्थगित गरेका थिए । दोस्रो बैठकमा पनि एमाले सांसदहरुले ‘सभामुखको आसनमा बसेर एमाले फुटाउन पाइँदैन, दल फुटाउने अध्यादेश ल्याउन पाइदैन, पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदको सर्वोच्चता कायम गर’ जस्ता नारा लगाएक थिए ।

एमालेले कारबाही गरेका सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् । यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने चेतावनी दिएका थिए ।

संसद बैठक कहिलेदेखि सुचारु हुन्छ भन्ने कुरा एमालेमा भरपर्ने देखिन्छ । सभामुख सापकोटाले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना ननिकालेकोले गर्दा आक्रोशित भएको एमालेले गर्दा संसद अचानोको मारमा परेको छ । यसरी धेर समयपछि पुन: संसद बैठकमा गतिरोध उत्पन्न भएको छ ।

यो पनि पढ्नुहोस्

संसदमै एमाले सांसदले सभामुख मुर्दावाद भनेपछि जंगिए सभामुख !

एमालेले संसद अवरुद्ध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित

एमालेले कारबाही गरेका माधव नेपालसहित १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

ल्होत्से हलमा एमाले संसदीय दलको बैठक जारी, संसद बैठक अवरुद्ध गर्न सक्ने

सभामुख सापकोटालाई महाअभियोग लगाउनुपर्छ : महेश बस्नेत

संसद् अधिवेशनमा अवरोध गर्ने एमालेको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !