१४ बैशाख २०८१, शुक्रबार

पोखरा पुगेर ओलीले भने- माधव नेपालले मन्त्री पद बेचे


केपी शर्मा ओली फाइल फोटो

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार कास्की एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधवकुमार नेपालले पार्टी फुटाउन मन्त्री पद बेचेको आरोप लगाएका छन् ।

ओलीले भने,‘मन्त्रीको पद बेच्न लागिरहेको तपाइहरुले पनि थाहा पाइरहनुभएको होला । माधव नेपालका मान्छेहरु यहाँपनि मन्त्रीको पद बेच्न आइरहेका थिए। प्रदेशको पनि मन्त्री खाइदिउँ । प्रदेशमा पनि आफैँ खाउँ । खान जन्मिएकाहरु त हौं। ’

उनले माधव नेपालले मेयर, उपमेयर पद दिने भन्दै आश्वासन बाँडेको धारणा राखे । ओलीले पार्टीभित्रका पदलोलुप प्रवृत्तिका कारण पार्टी विभाजन भएको दाबी गरे । उनले भने, ‘स्वार्थका लागि पार्टी ध्वस्त पार्ने प्रवृत्तिबाट पार्टी आक्रन्त थियो । कोहि छोरी ज्वाईंका लागि मरिमेट्ने कोहि भाइ भतिजाका लागि मरिमेट्थे ।’

अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल शुरु गरेको आरोप समेत लगाए । ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।

ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए । उनले पार्टीभित्र अपवित्र गठबन्धन गरिएको भन्दै आफूविरुद्ध ठूलो हमला हुँदा पनि नझुकेको स्पष्ट पारे ।

उनले भने, ‘लोकतन्त्र राम्ररी चल्न नदिन एमालेलाई चारैतिरबाट पासो थाप्ने काम भयो । त्यसमा माधव नेपाल अगाडि थिए।’ उनले सहि कार्यकर्ताहरु खान मात्रै नजन्मेको भन्दै देश बनाउन पनि जन्मिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !