१९ बैशाख २०८१, बुधबार

दार्चुला घटना र हेलिकप्टर प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट


परराष्ट मन्त्रालय

काठमाडौँ । अन्तत: देशभर चौतर्फी आलोचना भएपछि देउवा सरकारले दार्चुला तुइन प्रकरण र नेपाली आकाशमा अनाधिकृत रुपमा हेलिकोप्टर उडाइएको विषयमा भारतलाई कुटनीतिक नोट पठाएको छ ।

सरकारले ती दुई घटनाका सम्बन्धमा छुट्टाछुट्टै कुटनीतिक नोट पठाएको हो । दुवै घटनाका सम्बन्धमा कुटनीतिक च्यानलबाट पत्र पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको तार काटिदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएका थिए । सरकारले दार्चुला घटना भएको ३८ दिनपछि भारतलाई कूटनीतिक नोट पठाएको हो ।

साथै उक्त घटना सेलाउन नपाउँदै भारतले अर्को अत्याचार गरेर नेपाली सेनाको ब्यारेकमाथि अनाधिकृत रुपमा हेलिकोप्टर उडाएको थियो ।यी दुवै घटनामा देउवा सरकार मौन रहेको भन्दै चर्को आलोचना भएपछि बल्ल तातेर देउवा सरकारले कूटनीतिक नोट पठाएको हो ।

आजै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीले गृहमन्त्री राजीनामा माग्दै भारतीय विस्तारवाद मुर्दावाद, सीमा अतिक्रमण बन्द गर, जयसिंह धामीलाई न्याय दे’ भन्दै नाराबाजी गरेर र प्रदर्शन गरेका थिए ।

साथै नेपाल निकट विद्यार्थी युनियनका विद्यार्थीले गृहमन्त्री बालकृष्ण खाणको पुत्ला दहन गरेर चर्को बिरोध पनि गरेका थिए । नेपालनिकट विद्यार्थी संगठनले गृहमन्त्री खाणले वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी भारतको विरोध नगर्न विज्ञप्ति जारी गरेको भन्दै आज सोमवार पुत्ला दहन गरेको थियो ।

यो पनि पढ्नुहोस्

सत्ता गठबन्धन भत्किने संकेत : नेपाल निकट विद्यार्थीले जलाए गृहमन्त्रीको पुत्ला


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !