१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय सहमति जुटाउन सरकारलाई बाबुरामले दिए तीन बुँदे सुझाव

युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति जुटाउन सरकारलाई बाबुरामले दिए तीन बुँदे सुझाव दिएका छन् ।

हिजो मध्यरातमा सामाजिक सन्जाल ट्वीटरमा लेख्दै उनले युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझ्न सरकारलाई आग्रह गरेका छन् ।

राष्ट्रिय सहमति गर्ने ३ वटा मुख्य बुँदा सुझाव दिएका उनले राष्ट्रिय सहमति गर्न पहिला उच्चस्तरीय राजनीतिक वा कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बन्नु पर्ने सुझाव दिएका छन् ।

यस्तै दोस्रो सुझावमा चीनसंगका बिआरआइ, पारवहन लगायत सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउदै अमेरिकासंग चिठी आदान-प्रदान सहित एमसीसी कार्यान्वयन गर्नुपर्ने तेस्रो सुझाव दिएका हुन् ।

उनले लेखेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौं : १. उच्चस्तरीय राजनीतिक/कुटनीतिक वार्तामार्फत भारतसंगका सबै विवाद हल गरी असल छिमेकी बनौं; २. चीनसंगका BRI, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौं; ३. अमेरिकासंग चिठी आदानप्रदान सहित MCC कार्यान्वयन गरौं ! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं !’

 डा. बाबुराम भट्टराई ट्वीट

यो पनि पढ्नुहोस्

संक्रमणकालीन न्यायका सबै काम पूरा गर्ने यो उपयुक्त अवसर हो : डा. बाबुराम भट्टराई


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !