१४ बैशाख २०८१, शुक्रबार

संक्रमणकालीन न्यायका सबै काम पूरा गर्ने यो उपयुक्त अवसर हो : डा. बाबुराम भट्टराई


डा. बाबुराम भट्टराई फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्ध कालका सत्तापक्ष र विद्रोही तथा शान्ति सम्झौताका हस्ताक्षर पक्ष दुवै एकैसाथ सत्तापक्ष भएको वेला संक्रमणकालीन न्यायका सबै काम पूरा गर्ने उपयुक्त अवसर भएको बताएका छन् ।

उनले आज विहान सामाजिक सन्जाल ट्वीटरमा लेख्दै आफूले संसददेखि गठबन्धनको वैठकसम्म यसवारे जोड गरिरहेको बताउदै काग कराउॅदैछ, पिना सुक्दैछ भनेझैँ नगरी जिम्मेवार नेताहरू गम्भीर बनौं भनेर आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन्, ‘जनयुद्धकालका सत्तापक्ष र विद्रोही तथा शान्ति सम्झौताका हस्ताक्षर पक्ष दुवै एकैसाथ सत्तापक्ष भएको वेला संक्रमणकालीन न्यायका सबै काम पूरा गर्ने उपयुक्त अवसर हो । त्यसैले मैले संसददेखि गठबन्धनको वैठकसम्म यसवारे जोड गरिरहेछु । काग कराउॅदैछ पिना सुक्दैछ नहोस् । जिम्मेवार नेताहरू गम्भीर बनौं !’

 डा. बाबुराम भट्टराईको ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !