१५ बैशाख २०८१, शनिबार

चाक्सीबारी बैठकको निष्कर्ष: वरिष्ठ नेता पौडेलले सभापति देउवालाई भेटेर कुराकानी गर्ने


नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक सकिएको छ। प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षको बैठकले सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतामा देखिएका व्यवहारिक समस्या समाधान गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

क्रियाशील सदस्यतामा केही व्यवहारिक कठिनाइ आएको र त्यसलाई समाधान गरेर जानुपर्ने बनाउँदै एक नेताले भने, ‘जिल्ला सभापतिजीहरू पनि अनसनमा बस्नुभएको छ। उहाँहरूले उठाएका मागहरू पनि सम्बोधन गर्नुपर्ने हुन्छ, यसबारे कुरा गर्न वरिष्ठ नेताले सभापतिसँग समय लिनुभएको छ। आजै उहाँहरूबीच भेटेर कुराकानी हुन्छ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !