१५ बैशाख २०८१, शनिबार

वरिष्ठ नेता पौडेल पक्षको बैठक चाक्सीबारीमा जारी


नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरू

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका शीर्ष नेताको बैठक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको छ ।

स्रोतका अनुसार शुक्रबार विहान सिंहको निवास चाक्सीबारीमा बैठकमा आफू पक्षीय जिल्ला सभापतिहरूले तीन बुँदे माग राखेर गरेको रिले अनसन र १४ औं महाधिवेशनका विषयमा छलफल चलिरहेको छ ।

एक नेताका अनुसार छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, कोषाध्यक्ष सितादेवी यादव, पूर्वसहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी, रामशरण महत, नेताहरु बलबहादुर केसी, शेखर कोइराला, दिलेन्द्र बडू र मिनेन्द्र रिजाल सहभागी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !