२१ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, प्रदेश प्रमुखसमक्ष लिए सपथग्रहण


प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

विराटनगर । प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ​​​​​​​मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै आचार्यले सपथग्रहण गरेका छन् ।

प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

आजै मात्र प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता एवं मुख्यमन्त्रीले शेरधन राईले दुवै पदवाट राजीनामा दिएका थिए । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकमा शेरधन राईले एमालेका संसदीय दलको नेतावाट राजीनामा दिएका थिए ।

राईले राजीनामा दिएलगत्तै नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका थिए । शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका थिए ।

यस्तै प्रदेश प्रमुखको कार्यालयमा गएर शेरधन राईले मुख्यमन्त्री पदवाट पनि राजीनामा दिएका थिए । राजीनामापछि प्रदेश १ को मुुख्यमन्त्रीका रुपमा संसदीय दलका नेता भीम आचार्यलाई नियुक्त गरेलगत्तै केही बेरअघि सपथग्रहण समेत गराइएको हो ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा शेरधन राईले दिए संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !