८ बैशाख २०८१, शनिबार

प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन


भीम आचार्य

काठमाडौँ । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्यमन्त्री एवं संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।

आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !