विराटनगर । प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता भीम आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै आचार्यले सपथग्रहण गरेका छन् ।
प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । प्रदेश प्रमुख अधिकारीले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
आजै मात्र प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता एवं मुख्यमन्त्रीले शेरधन राईले दुवै पदवाट राजीनामा दिएका थिए । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकमा शेरधन राईले एमालेका संसदीय दलको नेतावाट राजीनामा दिएका थिए ।
राईले राजीनामा दिएलगत्तै नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका थिए । शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका थिए ।
यस्तै प्रदेश प्रमुखको कार्यालयमा गएर शेरधन राईले मुख्यमन्त्री पदवाट पनि राजीनामा दिएका थिए । राजीनामापछि प्रदेश १ को मुुख्यमन्त्रीका रुपमा संसदीय दलका नेता भीम आचार्यलाई नियुक्त गरेलगत्तै केही बेरअघि सपथग्रहण समेत गराइएको हो ।
यो पनि पढ्नुहोस्
प्रदेश १ मा शेरधन राईले दिए संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा