८ पुस २०८१, सोमबार

अन्तत: दर्ता भयो माधव नेपालको दल नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा


माधव नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) दल दर्ता भएको छ ।

नेपालको नेतृत्वमा भएको नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । माधव नेपाल अध्यक्ष रहेको पार्टीमा झलनाथ खनाल बरिष्ठ नेता रहेका छन् । उक्त दलको ५५ जना केन्द्रीय सदस्यीय कार्यसमिति रहेको छ ।

नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र २९ सांसदले आजै निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गरेका थिए । सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।

पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गरेका थिए । संघीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गरेका छन् ।

सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुगेका थिए । सनाखतपछि नेता राजेन्द्र पाण्डेले दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था भएकोले त्यसका लागि काम गर्ने बताएका छन् ।

केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उनले बताए । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो ।

यो पनि पढ्नुहोस्

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’

नेकपा (एकीकृत समाजवादी) का ५४ केन्द्रीय सदस्य र ३० सांसद्ले गरे आयोगमा सनाखत

नेकपा (एकीकृत समाजवादी) को सनाखत सकियो, दर्ताको निर्णय आउन बाँकी

यस्तो छ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र नियमावली

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?

बेइमानीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक : माधव नेपाल

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा

माधव नेपालनिकट राईको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !