११ बैशाख २०८१, मंगलबार

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’


नेकपा (एकीकृत समाजवादी) का नेताहरू निर्वाचन आयोगमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले ४ महिनाभित्र देशकै ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।

माधव नेपाल नेतृत्वको सो दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सो पार्टीका ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने दाबी गरेका हुन् ।

उनले अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको भन्दै प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता भएर नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने खुलासा गरेका हुन् ।

यो पनि पढ्नुहोस्

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !