२४ मंसिर २०७९, शनिबार

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा


नेकपा (एकीकृत समाजवादी)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको पार्टी नेकपा (माओवादी केन्द्र), मोहन वैद्य ‘किरण’ महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग पार्टी एकता हुने खुलासा गरेका छन् ।

निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरेका हुन् ।

उनले अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको भन्दै प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता भएर नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने दावी गरेका हुन् ।

माधव नेपाल नेतृत्वको सो दल दर्ताको सनाखत सकिएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सो पार्टीका ३० जना सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

यो पनि पढ्नुहोस्

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल समूह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !