माधव नेपालनिकट राईको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम Nepalpatra माधव नेपालनिकट राईको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम
९ श्रावण २०७८, शनिबार

माधव नेपालनिकट राईको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह कलम


जीवन राई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव कुमार नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एकीकृत दर्ता भएको छ । उनको पार्टीको चुनाव चिन्ह कलम रहेको छ ।

राईको नेतृत्वमा भएको नेकपा एकीकृतले निर्वाचन आयोगबाट नयाँ दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको हो । आयोगको दुई दिनअघि बसेको बैठकले पार्टी दर्ता गर्ने निर्णय गरेको हो । एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता राईले दल दर्ताका लागि वैशाख ७ गते आयोगमा निवेदन दिएका थिए ।

राई अध्यक्ष रहेको पार्टीमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐन विक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् । उक्त दलको २५ सदस्यीय कार्यसमिति रहेको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि अध्यक्ष राईले पार्टीको भविष्य उज्वल रहेको बताए ।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपालनिकट नेताले नै नयाँ दल दर्ता गरेपछि एमाले विभाजन भएको अवस्थामा सोही पार्टीबाट गतिविधि अगाडि बढाइने अनुमान गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !