२१ बैशाख २०८१, शुक्रबार

पत्रकार सम्मेलनमा ओलीले भने- अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख विपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुकुल समय आएपछि पार्टी अध्यक्षवाट जिम्मेवारी हस्तान्तरण गर्ने प्रष्ट पारेका छन् ।

आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले कोही पनि निर्विकल्प नहुने बताउदै महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइ नहालेकोले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण बताए ।

एमालेले आयोजना गरेको जारी पत्रकार सम्मेलनमा अहिले ओलीले पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । एमालेले पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आयोजना पत्रकार सम्मेलन आयोजना गरेको हो ।

एमालेले पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूकाे उपस्थितिमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा विशेष पत्रकार सम्मेलन आयाेजना गरिएको हो । आज शुरु भएको पत्रकार सम्मेलनमा पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा एमालेको धारणा राखेको हो ।

यो पनि पढ्नुहोस्

माधव नेपालले सुनको पिंजडा लागेर नेताहरुलाई चन्द्रागिरीमा राखे : केपी ओली

पत्रकार सम्मेलनमा योगेशले भने- दल विभाजन हुँदा अतिवादी शक्ति मौलाउने खतरा बढ्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !