८ बैशाख २०८१, शनिबार

पत्रकार सम्मेलनमा योगेशले भने- दल विभाजन हुँदा अतिवादी शक्ति मौलाउने खतरा बढ्यो


योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका यूवा नेता योगेश भट्टराईले दल विभाजनका विगतका इतिहासलाई हेर्दा यसबाट अतिवादी शक्ति मौलाउने खतरा देखिएको बताउदै दल विभाजनले कसैको हित नगर्ने पनि उनले प्रष्ट पारेका छन् ।

उनले देशमा राजनीतिक दल विभाजन हुनु दुर्भाग्यपूर्ण अवस्था भएको बताएका छन् । आज बुधबार एमालेद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेकपा एमाले विभाजन गर्नेसम्मको गतिविधि हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका हुन् ।

उनले पार्टीभित्र लामो समयदेखि जारी रहँदै आएको आन्तरिक विवादका कारण तमाम कार्यकर्ता पंक्ति निराश भएको अवस्थामा विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको बताए । तर त्यो सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने अवस्थामा माधव नेपालले अलग दल दर्ताका लागि सक्रियता बढाएको भन्दै उनले गुनासो गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !