२१ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओलीले विशेष पत्रकार सम्मेलन गर्दै


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख विपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न पत्रकार सम्मेलन आयोजना गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।

एमालेले पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूकाे उपस्थितिमा ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहान ११ बजे विशेष पत्रकार सम्मेलन आयाेजना गरिएको उनले बताए । आज गर्ने पत्रकार सम्मेलनमा पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा एमालेको धारणा राख्न लागेको हो ।

नेपाल समूहका नेताहरु नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ताको लागि आज बुधबार चन्द्रागिरी रिसोर्टवाटै सिधै केन्द्रीय सदस्यहरुको सनाखतका निर्वाचन आयोग जाने तयारी छ । आज बिहान साढे ११ देखि दिउँसो २ बजेसम्म आवश्यक संख्यामा सांसद र केन्द्रीय सदस्य सशरीर उपस्थित भएर सनाखत गर्न आयोगले जनाएको छ ।

आज नयाँ पार्टी दल दर्ताको लागि सनाखत गर्न नेपाल निर्वाचन आयोगमा जानु भन्दाअघि आधा घण्टाअघि पार्टी जीवनको पछिल्लो अवस्था र देशको समसामयिक राजनीतिक अवस्थाको बारेमा जानकारी दिन ओलीले पत्रकार सम्मेलन गर्नुलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !