२५ बैशाख २०८१, मंगलबार

उपेन्द्रजी र महन्थजीसँगको छलफल छिटै सहमतीमा टुंगिन्छ : प्रचण्ड


prachanda प्रचण्ड

६ चैत, सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले मधेस केन्द्रित दलसँग भैरहेको संविधान संशोधन सम्बन्धि छलफल सहमती नजिक पुगेको बताएका छन् ।

‘संविधान संशोधनमा अब दुवीधा रहेन’, मंगलबार हुलाकी राजमार्गको बरियारपट्टीमा सिलान्यास गर्दै उनले भने,‘उपेन्द्रजी र महन्थजीसँगको छलफल छिटै सहमतीमा टुंगिन्छ।’ जनभावना अनुसार संविधान संशोधनको पक्षमा हामी छौ (सरकार) संविधान संशोधन गरेर हिमाल पहाड र मधेसलाई जोडेर देश समृद्धिके लहर चलाउने उनले बताए ।

संविधान संशोधनमा सहमती भएलगत्तै फोरम र राजपा पनि सरकारमा सहभागी हुने उनको भनाई छ । अहिलेको सरकारलाई राष्ट्रिय सहमतीको सरकारको पदवी दिँदै उनले भने,‘वाम गठबन्धनको मात्र नभई प्रदेश २ मा सरकार बनाउने फोरम र राजपाको समेत समर्थनको सरकार हो यो ।’ मधेसी दलको समर्थनले वाम गठबन्धनको यो सरकार राष्ट्रिय सहमतीको सरकारकै सरह भएको उनको जिकिर थियो ।

मधेस विकासको सन्दर्भ कोट्याउँदै उनले भने,‘मधेसमा बजेटै नआएको भने होईन तर राजनीतिक खिचातानीले विकास पछाडि परेको हो । उनले थपे,‘ठेक्कापट्टामा भएको बदमासी पनि मधेसमा विकास पछाडि पर्नुको अर्को कारण हो ।’यो नागरिक न्युजवाट लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !