१४ जेष्ठ २०८१, सोमबार

सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाण्डौ बोलाइयो


६ चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाण्डौ बोलाएका छन् । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग बुधवार सामुहिक छलफल गर्नेछन् ।

सामुहिक रुपमा छलफल गरी प्रदेश सन्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्रीको तयारी छ । प्रदेश सरकारका मन्त्री र प्रदेश सांसद प्रदेश राजधानमिा भन्दा काठमाण्डौमा बढी समय बिताउदै आएका छन् ।

मुख्यमन्त्री र मन्त्रीले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् । कतिपय प्रदेश मन्त्रीलाई दिने गाडीसमेत दिइएको छैनन् । यस्तो छलफलमा प्रदेश सचिव पनि सहभागी हुनेछन् ।

प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउने तयारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यस अघि ओलीले आइतवार मन्त्री र सचिवलाई सरकारले गर्न चाहेको कामवारे सामूहिक निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !