८ मंसिर २०८१, शनिबार

अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन


केपी शर्मा ओली र माधव नेपाल फाइल फोटो

काठमाडौँ । लामो रस्साकस्सी पछि अन्तत: नेकपा (एमाले) फुटेको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

नेपाल समुह विभाजन भएर बनेको नयाँ पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राखिएको छ भने चुनाव चिन्ह ‘खुला किताब’ राखिएतापनि चुनाव चिन्ह यसअघि नै दर्ता भइसकेको पार्टीसँग मिलेपछि निर्वाचन आयोगमा लफडा भएको छ ।

नवगठित पार्टीका नेता राजेन्द्र पाण्डे लगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको बताए । नयाँ पार्टी नेकपा एमाले समाजवादी का संयोजक माधव नेपाल रहेका छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुनेछ ।

राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि नेपाल समूहले निवेदन दिएको हो । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को माधव नेपाल समूहलाई पार्टी विभाजनको लागि सहज भएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह ‘खुला किताब’ !

पदमुक्त नगर्न माग गर्दै नेपाल समूहका १४ सांसद संसद् सचिवालयमा

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

निर्वाचन आयोगमा दल दर्ता गर्न हस्ताक्षर संकलन गर्दै माधव नेपाल समूह

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

माधव नेपालको पार्टीको नाम शुरुमा नेकपा एमाले नै रहने, चुनाव चिह्न सूर्य नै दावी गर्ने

नेपालसहित १४ सांसदलाई कारबाही, पदमुक्त गर्न संसद् सचिवालयमा पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !