२४ बैशाख २०८१, सोमबार

संसदमा प्रेम सुवालले भने- भ्रष्टाचारका कारण प्रतिष्ठानको मात्र नभइ बीपी कोइरालाको बदनाम भयो


प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता बीपी कोइरालाको बदनाम भएको बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले प्रतिष्ठान सबैभन्दा बढी धर्ना, हडताल र तालाबन्दी हुनेमा परेको बताए । भ्रष्टाचारको अखडा बनेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार छापा मारेको छ ।

उनले नेपाली कांग्रेस बीपीको साहित्य र आर्दशवादी प्रचार हुनेगरी नेताको नाममा प्रतिष्ठान खोलेर सरकारी बजेट बाँडचुडतर्फ लागेको भन्दै नेताका नाममा रहेका प्रतिष्ठानको नाम परिवर्तन गर्न समेत माग गरे ।

नेता सुवालले वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय, गणेशमानसिंह प्रतिष्ठान मनमोहनका नाममा खोलेका प्रतिष्ठानले पनि नामअनुसारको काम नगरेको भन्दै आपत्ति पनि प्रकट गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !