२६ बैशाख २०८१, बुधबार

एमाले बैठक : पार्टीलाई एकतावद्ध बनाउने निर्णय


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाउने निर्णय गरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकमा पार्टीलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सवै प्रयासहरु जारी राख्ने निर्णय गरेको हो ।

एमाले महासचिव ईश्वर पोखरेलले बैठकमा जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरेका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्था र पार्टीभित्रको एकता प्रयासबारे जानकारी गराएका थिए । आजको बैठकमा एमालेको माधव नेपाल समूह अनुपस्थित भएको थियो भने एमाले उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका थिए ।

हिजो विघटित कार्यदलको बैठक नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो । बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिएका थिए ।

एमालेले यही साउन २५ देखि २७ गतेसम्म विधान महाविधेशन गर्ने निर्णय गरेको छ । यस्तै भदौ १५ गतेभित्र सबै स्थानीय तहको अधिवेशन गर्ने यसअघि निर्णय गरिसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !